Tuesday, June 23, 2020

गजल /36

                   गजल

नबदुर्गा खुशी पार्न बोको पर्सदैछ मान्छे।
ॐसान्ती भन्दै आलो रगत छर्कदैछ मान्छे।।

भगबान को निउ पारी आफ्नै पेट भर्नलाइ।
पशु पन्छी बलि दिदै आफू हर्शदैछ मान्छे।।

बाजे बराजुले गरि ल्यायको परम्परा भन्दै।
उहीँ पुरानो युग तिर फर्कदै छ मान्छे।।

पबित्र धाम रगत ले रातै पारी हिजो आज।
भगबान लाई दोश दिई आफू तर्किदै छ मान्छे।।

सबै कुरा जान्दा जान्दै पनि मूर्ख बनी ।
सरम पचाइ नर्क तिर लम्किदै छ मान्छे



अजम्बरी को खोल ओढि भुकिराछन आज पनि।
रगत चुस्ने ब्वासाहरु लुकिराछन आज पनि।।

मानव कर्म बिर्सिएर भोगबिलास गर्ने हरु।
छोरी चेलिको बाटो ढुकिराछन आज पनि।।

सुर्यको ताप बादल ले जहाँ जहाँ छेके पनि।
बीस दिने अन्न हरु सुकिराछन  आज पनि💘















माथी हेर कालो बादल अझै पनि गाको छैन।
खुला आकास धर्तिमाथी बस्नेको दिन आको छैन।।

हिजो जस्का दुस्मन थिए उसैसित मिलेपछी।
लोकतन्त्र आयो बन्दा पुरा बिस्बास लाको छैन।।

विश्व सामु नयानेपाल सिर्जनाको रेखा कोर्न।
जनता ले आफुखुशी भोट हाल्न पाको छैन।।

नेपाल को राजनिती कमाइ गर्ने भाँडो भयो।
त्यस्लाइ गाल्न जनता को एक नारा भको छैन।

माथी हेर कालो बादल अझै पनि गको छैन।
खुला आकास धर्तिमाथी बस्नेको दिन आको छैन।।


No comments:

Post a Comment