साझ बिहान बाढुकि ले कुक्कुक पार्यो भन्देउ।।
धन कमाउन बिदेस गएकाे बर्श भयो पत्त्तो छैन।
आमा ले पनि बजार तिर डेरा सार्यो भन्देउ।
खेत वारि बाझो भयो खेताला पाउदैन भन्देउ।
घर को बिजोग भयो लडेकाे छ गारो भन्देउ।।
तल्ला घरे साइला माइला घरमा बसि बेपार गर्छ्न।
बर्खा को बाढीपहिरोबाट धेरै घर लग्यो भन्देउ।।
ठुली पनि बाबा न आय लाउरे सङ भाग्छु भन्छे।
साहुले पनि गैरी खेत को तम्सुक गर्यो भन्देउ।।
अब मैले यति सम्झे तिम्रो खबर थपथाप गर।
घर बेभार को पिर ले आमा बिरामी भयो भन्देउ।।
No comments:
Post a Comment