Sunday, June 21, 2020

गजल/34

हरेक पाइला पाइला मा धोका अनि घात हुदोरहेछ
जिन्दगीमा सोचेभन्दा पनि धेरै फरक हुदोरहेछ

कोहि अन्तरीक्षमा पुग्न चहन्छ्न कोहि समुन्द्र मा घर बनाउन
मान्छे मा अचम्म अचम्म को रहर अनि चाहना हुदो रहेछ

अलि अलि बल्ल बल्ल मैले बुझ्नी कोसिस गर्दै छु
तरबार भन्दा धारिलो कसैको बोली हुदो रहेछ

सहर पसेपछी उस्ले मलाइ बिर्सिदियो बुझ्नु छ
अझै सहर को कति सम्म असर हुदोरहेछ

बैगुनी लाई गुन ले मार्नु भन्नूहुन्थ्यो मेरि हजुर आमा
आज भोलि फुल को जबाफ काँढा हुदोरहेछ

No comments:

Post a Comment