Tuesday, June 23, 2020

गजल /37



थोरै खुशी अनि पिडा धेरै दियौं।
जति रुवाए पनि तिमी मेरै थियौ।।

अँखा भित्र राखे आँसु बनी झर्‍यो।
अमृत जस्तै  प्रेम बीस मानी लियाै।।

मेरो मुटु काँढा झै निकाली फाल्याैै।
यादहरु मात्रै बाकी रहे हिर्दय सियाैै।।

मेरो चोखो माया काँढा सरि भयो।
म मरिदिन्छु अब बिजय तिमी भयौं ।।





न छोडे है दोबाटो मा बरु मलाइ मारिदिनु।
कुरा काट्न सक्छ्न बाहाना बनाइ  टारिदिनु।।

तिम्रो अगाडी मेरो लास बाँस मा सजाउदैछन।
दुनियाँ लाई देखाउन दुई थोपा आँसु झारिदिनु।।

मलामी को निहु पारी घाटसम्म आए हुन्छ।
गुलाबको एउटा फुल चितामाथी पारी दिनु।।

सङै जिन्दकी बिताउने थिए बाचा कसम हरु।
पुराना ती दिन सम्झना मा आएभने जुठो  बारिदिनु।।

झस्काउला कुनै दिन बितेका सम्झनाहरुले।
आउदा दिनहरुलाइ समाल्दै  अतीत पर सारिदिनु।।






गजल /36

                   गजल

नबदुर्गा खुशी पार्न बोको पर्सदैछ मान्छे।
ॐसान्ती भन्दै आलो रगत छर्कदैछ मान्छे।।

भगबान को निउ पारी आफ्नै पेट भर्नलाइ।
पशु पन्छी बलि दिदै आफू हर्शदैछ मान्छे।।

बाजे बराजुले गरि ल्यायको परम्परा भन्दै।
उहीँ पुरानो युग तिर फर्कदै छ मान्छे।।

पबित्र धाम रगत ले रातै पारी हिजो आज।
भगबान लाई दोश दिई आफू तर्किदै छ मान्छे।।

सबै कुरा जान्दा जान्दै पनि मूर्ख बनी ।
सरम पचाइ नर्क तिर लम्किदै छ मान्छे



अजम्बरी को खोल ओढि भुकिराछन आज पनि।
रगत चुस्ने ब्वासाहरु लुकिराछन आज पनि।।

मानव कर्म बिर्सिएर भोगबिलास गर्ने हरु।
छोरी चेलिको बाटो ढुकिराछन आज पनि।।

सुर्यको ताप बादल ले जहाँ जहाँ छेके पनि।
बीस दिने अन्न हरु सुकिराछन  आज पनि💘















माथी हेर कालो बादल अझै पनि गाको छैन।
खुला आकास धर्तिमाथी बस्नेको दिन आको छैन।।

हिजो जस्का दुस्मन थिए उसैसित मिलेपछी।
लोकतन्त्र आयो बन्दा पुरा बिस्बास लाको छैन।।

विश्व सामु नयानेपाल सिर्जनाको रेखा कोर्न।
जनता ले आफुखुशी भोट हाल्न पाको छैन।।

नेपाल को राजनिती कमाइ गर्ने भाँडो भयो।
त्यस्लाइ गाल्न जनता को एक नारा भको छैन।

माथी हेर कालो बादल अझै पनि गको छैन।
खुला आकास धर्तिमाथी बस्नेको दिन आको छैन।।


Sunday, June 21, 2020

गजल/35

म फुल्न चाहन्छु तिम्रै  मन को फुलबारीमा
मेरै मात्र सम्झ्ना होस सधै तिम्रो हिर्दयमा

भबिस्य राम्रो बनाउन छटपटाएकाे छु परदेशमा
सुखी होला जीवन भनी भोलि आउने दिन मा

एक्लो यात्रा भय पनि तिमी साथ मा पाउछु
मिठो सपना देख्दै तिम्रो फोटाे राख्छु सिरानीमा

पिरतीको मुस्कान छर्दै एक अर्काको जीवन मा
रहर छ नि तिमी सङै सहर घुम्ने तिम्रै  धुनमा

शरीर टाढा भए पनि मन ले त छोएकै छ
आराम हुन्छ तिमिलाइ सम्झे थाकेको बेलामा




गजल/34

हरेक पाइला पाइला मा धोका अनि घात हुदोरहेछ
जिन्दगीमा सोचेभन्दा पनि धेरै फरक हुदोरहेछ

कोहि अन्तरीक्षमा पुग्न चहन्छ्न कोहि समुन्द्र मा घर बनाउन
मान्छे मा अचम्म अचम्म को रहर अनि चाहना हुदो रहेछ

अलि अलि बल्ल बल्ल मैले बुझ्नी कोसिस गर्दै छु
तरबार भन्दा धारिलो कसैको बोली हुदो रहेछ

सहर पसेपछी उस्ले मलाइ बिर्सिदियो बुझ्नु छ
अझै सहर को कति सम्म असर हुदोरहेछ

बैगुनी लाई गुन ले मार्नु भन्नूहुन्थ्यो मेरि हजुर आमा
आज भोलि फुल को जबाफ काँढा हुदोरहेछ

गजल/33

साझ मा दियो बाली राख्याै को आउदै छ आज
हात का औला चाली राख्याै को आउदै छ आज

हिजो अस्ति उक्किए का घरका छेउ कुना
बिहान देखि टालि राख्यो को आउदै छ आज

यौटा फुल भगबान लाई टिपे हुन्थ्यो त
सिङै फुलको डाली राख्याै को आउदै छ आज

अगरबत्ती जलायर तुलशी को मठ मा
छेउ मा पुजा थाली राख्याै को आउदै छ आज

बिहान देखि सजियर सिङ्गार पटार गरि
सिर को सिउदो खाली राख्याै को आउदै छ आज


मुक्तक/32


घरी घरी औला ले कोट्याउनु  मन लाग्छ
केही न सोची पुरै औला घुसाउ जस्तो लाग्छ
बेला न कुबेला बाक्लो चिप्लो पानी बगिरहन्छ
यो नाक को सर्जरी गर्नी डाक्टर खोजु  लाग्छ




बिस्तारै बिस्तारै समयले सबै कुरा बिरानो बनाइदियो।

चाहना होइन टाढा हुने कर्तब्य ले सिमाना कटाई  दियो।।
हाबा को झोका होइन त्यो छिन भर मै बिलाप हुने ।
खुशी हाशो  सङै संघर्ष गरि बाच्ने कला सिकाइ दियो।।







मुक्तक/31

पानीलाई बरफ बन्न अलिकती समय लाग्छ।
अस्ताए को सुर्य उदाउन पनि समय लाग्छ।।
अलि कति बल गर अलिकती पर्तिक्छा गर।
खिया लागेको ढोका खोल्न पनि समय लाग्छ

Saturday, June 20, 2020

मुक्तक/30

मुक्तक

शिशिर पछि वसन्त मा फुल्नु हो जीवन
झुल्ने धान को बाला झै झुल्नु हो जीवन
आँखा डिल हुदै झर्ने ती आँसु लाई सोध
सुख खोज्दै दुख लाई भुल्नु हो जीवन

Friday, June 19, 2020

मुक्तक/05




कसैको लास चिता माथी जलिरहेको हुन्छ।
कसैको जीवन मस्ती सङ चलिरहेको हुन्छ।।
किन दिन्छ होला मान्छे समय लाई दोस।
समय भने आफ्नै गति मा ढलिरहेको हुन्छ।।











                          
                                                                         


                                                        

             







Tuesday, June 16, 2020

मुक्तक/26

कहिले काँही सपना हरु पनि देख्नु पर्ने रहेछ।
आसाहरु मा पनि मल जल गर्नै पर्नि रहेछ।।
आफै भन्दा प्रीय ठाने  जादा मुटु निचरियो।
तर पनि जिन्दकी जसो तशो चलाउनै पर्ने रहेछ।।

गजल/27

म सात समुन्द्र तरेर आयको छु।
तिमी देखि धेरै टाढा सरेर आयको छु।।

बिदाईमा पिया तिमी न रुनु ।
तिम्रो खुशी अँखा मा भरेर  आयको छु।।

साहरा खोज्दै होलान् अबोध।
ती मुना छोडेर आयको छु।।


धन र  मन को सम्बन्ध खोज्दा ।
म दोधार मा परेर आयको छु।।

मुक्तक/29

उ जितेर गई या हारेर गई नतिजा आफै तिर पारेर गई।
हिजो निम्तो दिई बस्न दिल मा आज काँढे तारले बारेर  गई।।

पिर्तिको याैटा फुल थियो बगैचामा आज  असिना झारेर गई।
बाच्दै थिय घायल भय पनि मुस्कान को छुरा रोपेर मारेर गई।।

रोपेर प्रेम को फुल यो दिल मा हुर्काइ अन्तै सारेर गई।
पर्खिय मन को ढोका खोली उ भोलि भन्दै टारेर गई।।


गजल/28

आफै ले आफैलाइ मपाइ भन्दै हिद्छन आज भोलि।
पाप गरि मठ मन्दिर धाउछन आज भोलि।।

जता गयो उतै उस्तै उस्तै ठग फटाहा छन।
शुद्ध भन्दै घिउ मा बोशो मिलाउछन आज भोलि।।

धन को मुख कालो हुन्छ तेसैले त।
दाजु भाइ दुस्मन भै काटाकाट गर्छ्न आज भोलि।।

बन्द भयको आँखा को उपचार गर्दा पनि।
रिस गरि किन दारा किटछन आज भोलि।।

अर्का को पछि दौडि धन जोडनेले।
आफनै घर को मुल खम्बा गिडछ्न आज भोलि।।

गजल/25

बुट्टा भर्ने ले भर्दै गरून्।
अँखा तर्ने ले तर्दै गरून्।।

दुबै मिलि गराै यात्रा।
रिस गर्ने ले गर्दै गरून्।।

दुख सुख यहि गराै।
बसाइ सर्ने सर्दै गरून्।।

नुन पानी बाँडि खाँउँ।
भाग खोस्ने ले खोस्दै गरून्।।

सँँगैै बाँचाै सँँगैै मराै।
बिष छर्ने ले छर्दै गरुन।।