Tuesday, June 16, 2020

गजल/24

फुल बिना भमरा अनि डाली को पात रोयो।
तिमी बिना म अनि यो जुनेली रात रोयो

सधै भरी तिमी लाइ समीप मा राक्छु भन्दा।
अंगालोमा नपाउदा यो मेरो हात रोयो।।

सम्झी सम्झी तिमीसङ बिताएका पल हरु।
एक्लै हासेको छु केबल मेरो बात रोयो।।

बिगत का सम्झना लाई कोटयाएर हेर्दा।
फेला पारे सबै चिनो र चिट्ठीको खात रोयो।।

मुक्तक/23

सुगन्धित फुलमा पनि किरा हुन सक्छ।
कठोर चट्टान भित्र पनि हिरा हुन सक्छ।।
सबै ले भन्छ् म धेरै  मुस्कुराइ  रहन्छु तर।
मुस्कुराउने को ओठमा पनि चिरा हुन सक्छ।।

Sunday, June 14, 2020

गजल/22

उनलाइ मेरि बनाइदिने भगबान काेटि काेटि नमन छ।
मेरि उनी बिनाको मेरो जीवन साच्चिकै अन्ध्कार छ।।

प्रमाण छन ती पाखा पखेरा हेर  ढुकढुकि छामेर।
यो मुटुको धडकनले  मात्रै तिम्रै नाम जपेको छ।।

अतासिन्छ मन केही बेर फोन सम्पर्क नहुदा पनि।
मेरो बिस्वास अनि तिमिमै यो जीवन को सास छ।।

तिमी पानी म माछा हु थोपा थोपा मा मेरो प्राण छ।
चलेको छ सास तिमी छौ नत्र निर्जिब शरीर मात्र छ।।

यति गहिरो माया गर्दागर्दै पनि बिस्बास गर्दिनाैै ।
स्वार्थी मलाइ मान्छाै भने तिमिलाइ मेरो सलाम छ।।

गजल/21

जीवन र मरणकाे सङ्गघार मा फसेको छु
कर्तव्य या खुशी राेजुँ दोधार मा फसेको छु

सम्स्या मा जेलिएकाे छ कसरी म पार गरु
खुकुरी को धार जस्तो तरबारमा फसेको छु

खुशी फुल्ने बोट मेरा जरैदेखि मासीए का छन
निरसिलो उजाडिलो  सन्सार मा फसेको छु

हर पल यो नियतले दिने चोट सहेर नै
काँडारुपि जिन्दकी को प्रहारमा फसेको छु

चाह थियो सलल नदि सरि बगि जाने 
हुत्याउदा समयले किनारा मा फसेको छु

Wednesday, June 10, 2020

गजल/18

भनी दिनु उसलाई अब तिम्रो नाम लिदैन रे भनेर।
चाहे पिडा जति नै होस तर अब रुदैन रे भनेर।।



निष्ठुुरि को हर झुट सङ परिचित भै सकेको छु।
सपना मा थिए आज सम्म अब बिउझी सकेको छु।।

भनी दिनु उसलाई अब सपना देक्दैन रे भनेर।
चाहे पिडा जति नै होस अब रुदैन रे भनेर।।

चाहत के नै थियो र बस तिम्रो साथ नै काफी थियो।
धेरै पनि होइन अलिकती तिम्रो माया को आसा थियो।।

भनी दिनु उस्लाइ अब आस गर्दैन रे भनेर।
चाहे पिडा जति नै होस तर अब रुदैन रे भनेर।।

समय सङै तिम्रा सम्झना हरु सायद मेटिएर जालान।
हुन सक्छ कुनै दिन तिमी भित्र पनि माया पलाउलान।।

तर भनिदिनु उसलाई अब माया गर्दैन रे भनेर।
चाहे पिडा जति नै होस रुदैन रे भनेर।।

मुक्तक/19

हो बाँकी छ तिमी आउने आश अझै बाँकी छ।
तिमिलाइ हेर्न अन्तिम सास अझै बाकी  छ।।
अरुले त रुदै गरिसके अन्तिम बिदाइ यहाँ ।
बिदाइ मा तिम्रो मुस्कान खास अझै बाकी छ।।
भैगो जाउ निस्की जाउ अब धेरै न तडपाउ।
जल्दो मुटु भित्र तिम्रो बाँस अझै बाकी छ।।

मुक्तक/20

छातीमा भाला रोपि दुख्यो नाइ किन सोध्छाैै।
जरै काटि पिरतिको दुख्यो कि नाइ किन सोध्छाैै।।
माया को घर जलाइ दियौं खरानी काहा बेच्नु ।
खरानी को मुल्य घत्यो  कि नाइ किन सोध्छाै।।

गजल/17

लेख छोरी बाबा लाई याद ले सतायो भन्देउ।
साझ बिहान बाढुकि ले कुक्कुक पार्यो भन्देउ।।

धन कमाउन बिदेस गएकाे बर्श  भयो पत्त्तो छैन।
आमा ले पनि बजार तिर डेरा सार्यो भन्देउ।

खेत वारि बाझो भयो खेताला  पाउदैन भन्देउ।
घर को बिजोग भयो लडेकाे छ गारो  भन्देउ।।

तल्ला घरे साइला माइला घरमा बसि बेपार गर्छ्न।
बर्खा को बाढीपहिरोबाट  धेरै घर लग्यो भन्देउ।।

ठुली पनि बाबा न आय लाउरे सङ भाग्छु भन्छे।
साहुले पनि गैरी खेत को तम्सुक गर्यो भन्देउ।।

अब मैले यति सम्झे तिम्रो खबर थपथाप गर।
घर बेभार को पिर ले आमा बिरामी भयो भन्देउ।।

Tuesday, June 9, 2020

मुक्तक/16

जितभयो तिम्रा लागि हार भयो मेरा लागि।
मुटु भित्र फक्रेको फुल भार भयो मेरा लागि।।
फुल रोपे मलजल गरे आशा को दिप बाले।
मह खने अरु भए घार मात्रै भयो मेरा लागि।।

Saturday, June 6, 2020

गजल/15



माया गर्नु धोका दिनु ऋत भनेर गयौं ।
तप्प खसे मेरा आशु शीत भनेर गयौं ।।

म आफैसङ आफै हारेको मान्छेलाई ।
मैले हारे तिम्रो भयो जित भनेर गयौं ।।

मन मा पालुबा लाग्न वसन्त नआउदै।
मेरो अब पुगिसक्यो धित भनेर गयौं ।।

प्रेममा आखिर सबै कुरा जायज हुदा।
सम्झ धोका प्रेमको गणित भनेर गयौं ।।

यो प्रीतलाइ सब्दमा उतार्यो भने पनि।
धोका खायरै हुन्छौं चर्चित भनेर गयौं ।।

Tuesday, June 2, 2020

मुक्तक/14

दुख अति पाएकोछ जिन्दगीले।
हन्डर धेरै खायकोछ जिन्दकी ले।।
कहाँ सम्म पुगि टुंगिएला यात्रा ।।
कठिन बाटो धाएकाेछ जिन्दकी ले।।

Monday, June 1, 2020

मुक्तक/13

मेटाइ दिन्छु भन्थेउ अतीत का पिडा र घाउ।
जलाइ दियौं पिडा घाउ सङै जीवन को नाउ।
तिम्रो बास्तबिकता नखुलोस मलामी सामु।
खरानी माथी दुई थोपा आशु खसालेर जाउ।।

Saturday, May 30, 2020

मुक्तक/12

                                              मुस्कान को कुनै मोल हुदैन।
                           केही सम्बन्ध को ताैल हुदैन।।
                           मान्छे भेटिन्छन हरेक मोड  मा।
                           कोहि तिमी जस्तो अन्मोल हुदैनन् ।।

Thursday, May 28, 2020

मुक्तक/11

छोडेनाै बाकी एक मुठी परानी पनि।
 लैजाउ है बगर माथिको खरानी पनि।।
छैन  केही अन्तिम उपाहार तिमिलाइ।
बगैंचा लाई मल हुन सक्छ खरानी पनि।।

Tuesday, May 26, 2020

गजल/10



ऐ दैब कुन उदेश्य ले मलाइ धर्तीमा पठायौ।
गरि अनेकौं ललाइ फकाइ धर्तिमा पठायौ।।

पिन्ड भित्र निर्जिब थिय निर्जिब नै नराखी ।
आमाको बन्द गर्भ बाट उठाइ धर्तिमा पठायाैै।।

जन्म र मिर्तु को मात्र अधुरो नियम लेखेर।
हात मा खाली पाना थमाइ धर्ती मा पठायाै।।

सबैको यौटै मन मस्तिष्क बनायनाै किन ।
निकै बेग्ला बेग्लै दाजुभाइ धर्तिमा पठायााै।।

हामीलाई मान्छे बनाइ उठाए पछि धर्तिमा।
सैतानी रुप हाम्रो अगुवाई धर्तिमा पठायाै।।