Tuesday, May 26, 2020

गजल

बारम्बार हिडियो खाडि मुलुक गरिबी को प्रहार भयर।
कहिले मलेसिया साउदी दुबै कतार पुगियो लाचार भयर।।

पसिना होइन हाम्रो रगत बगेको छ तितो तर सत्य कुरा हो।
टिप्छाैै गुलाबको फुल रेटिन्छ हात यहाँ   खुकुरी को धार भयर।।

शिधा साधा निर्दोस नेपाली फसिन्छ यहाँ अपराधी  बनेर।
पैसा कमाउन आयको छोरो निस्किन्छ त्यो काराघार भयर।।

जिन्दकी जिन्दकी रहेन पैसा कमाउन तेस्तै भयो यहाँ।
उठाएर सिर चलायर कलम कमायो इज्जत गजलकार भयर।।

No comments:

Post a Comment