Saturday, May 30, 2020

मुक्तक/12

                                              मुस्कान को कुनै मोल हुदैन।
                           केही सम्बन्ध को ताैल हुदैन।।
                           मान्छे भेटिन्छन हरेक मोड  मा।
                           कोहि तिमी जस्तो अन्मोल हुदैनन् ।।

Thursday, May 28, 2020

मुक्तक/11

छोडेनाै बाकी एक मुठी परानी पनि।
 लैजाउ है बगर माथिको खरानी पनि।।
छैन  केही अन्तिम उपाहार तिमिलाइ।
बगैंचा लाई मल हुन सक्छ खरानी पनि।।

Tuesday, May 26, 2020

गजल/10



ऐ दैब कुन उदेश्य ले मलाइ धर्तीमा पठायौ।
गरि अनेकौं ललाइ फकाइ धर्तिमा पठायौ।।

पिन्ड भित्र निर्जिब थिय निर्जिब नै नराखी ।
आमाको बन्द गर्भ बाट उठाइ धर्तिमा पठायाैै।।

जन्म र मिर्तु को मात्र अधुरो नियम लेखेर।
हात मा खाली पाना थमाइ धर्ती मा पठायाै।।

सबैको यौटै मन मस्तिष्क बनायनाै किन ।
निकै बेग्ला बेग्लै दाजुभाइ धर्तिमा पठायााै।।

हामीलाई मान्छे बनाइ उठाए पछि धर्तिमा।
सैतानी रुप हाम्रो अगुवाई धर्तिमा पठायाै।।



गजल

बारम्बार हिडियो खाडि मुलुक गरिबी को प्रहार भयर।
कहिले मलेसिया साउदी दुबै कतार पुगियो लाचार भयर।।

पसिना होइन हाम्रो रगत बगेको छ तितो तर सत्य कुरा हो।
टिप्छाैै गुलाबको फुल रेटिन्छ हात यहाँ   खुकुरी को धार भयर।।

शिधा साधा निर्दोस नेपाली फसिन्छ यहाँ अपराधी  बनेर।
पैसा कमाउन आयको छोरो निस्किन्छ त्यो काराघार भयर।।

जिन्दकी जिन्दकी रहेन पैसा कमाउन तेस्तै भयो यहाँ।
उठाएर सिर चलायर कलम कमायो इज्जत गजलकार भयर।।

Monday, May 25, 2020

मुक्तक/08

हरपल हरक्षण रुने मान्छे पनि मै हु जस्तो लाग्छ।
जब झर्छ आँखा बाट झरी अनि मै हु जस्तो लाग्छ।।
हुन त म भन्दा पनि धेरै दुखी हुने पनि होलान।
र पनि दुख र पिडा को धनी म नै हु जस्तो लाग्छ।।

मुक्तक/07

जिन्दकी मा सबै आफुले सोचे जस्तो हुन्छ हुदैन।
समय जस्तै चल्ने तिम्रो जिन्दगी हुन्छ हुदैन।।
यदि क्यान्सर को पनि उपचार हुन्छ भने डाक्टर ।
साहेब भनी देउ दिल दुखेको ओखती हुन्छ हुदैन।।

मुक्तक/06

असार मा जन्मेर होला मलाइ झरी मन पर्छ ।
आज मात्र होइन झरी जीवन भरी मन पर्छ।।
झरी लाई झरी नभनी झरिमा भिज्न सक्ने।
तेस्तै दुख कष्ट सहन सक्ने चरी मन पर्छ।।

लैजाउ जवानी उपाहार लैजाउ/04

लैजाउ जवानी उपाहार लैजाउ

बिस्तरा सिरानी उपाहार लैजाउ

तिमी ले दिएको पूरा रात मेरो
राख्दिन निसानी उपाहार लैजाउ

लेक्दिन कुनै इतिहास अब
यी सबै कहानी उपाहार लैजाउ

चिता को खरानी दिन सक्छु न त
अँखा को पानी उपाहार लैजाउ

लैजाउ जवानी उपाहार लैजाउ
बिस्तरा सिरानी उपाहार लैजाउ